हत्या आरोपमा चार जना पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

हत्या आरोपमा चार जना पक्राउ


२४ पुस २०७८, शनिबार


विरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीमा एकजना बालकको हत्याको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षण ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेकाहरुको नाम सर्वजनिक गरिएको छैन । यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मन्टु मृत अवस्थामा फेला परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस