सिडिओसहित ६ सहसचिवको सरुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिडिओसहित ६ सहसचिवको सरुवा


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । सरकारले थप ६ जना सहसचिवको सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार मन्त्री स्तरीय निर्णयबाट धनकुटाका प्रमुख जिल्ला अधिकारीसहित ६ जना सहसचिवको सरुवा गरेको हो । 

प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेलको गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव राम आधार शाह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिव प्रसाद रेग्मी वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ । 

यसैगरी पुनर्निर्माण प्राधिकरण खारेजीपछि मन्त्रालयको अतिरिक्तमा रहेका भगवान् अर्याललाई लगानी बोर्डको कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीको गण्डकी प्रदेशको गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सरुवा भएको छ । 

पुस २० गते मङ्गलवार मात्रै १० जना सहसचिवको सरुवा गरिएको थियो । 

सम्बन्धित समाचार : १० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

Tags :
प्रतिक्रिया दिनुहोस