२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारद्वारा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख आर्थिक सहायता

अ+ अ-

काठमाडौँ । सरकारले एसिड आक्रमणमा परेकी वीरगन्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ ।

हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

मन्त्रिपरिषदले बैठकले गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, निजगढको कोहल्वी तेत्तिस केभी सबस्टेशन निर्माणका लागि २ विघा जग्गा नेपाल विद्युत् प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सरकारले नेपाल राजपत्रको नियमित अङ्क हप्ताको दुई पटक सोमवार र बिहीबार प्रकाशन गर्न स्वीकृत दिने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । त्यस्तै सरकारले सहसचिव कृष्णबहादुर राउतलाई सचिवमा बढुवा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस