अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालय बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालय बन्द


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । कार्यालयमा कार्यरत अधिकांशलाई कोरोना संक्रमण भएपछि नेकपा (मा‌ओवादी केन्द्र)को केन्द्रीय कार्यालय बन्द गरिएको छ । नेता कार्यकर्ता लगायत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि थप संक्रमण फैलन नदिन कार्यालयबाट हुने सम्पूर्ण कार्यक्रम बन्द गरिएको हो ।

लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी, विनोद थापा लगायतलाई कोरोना संक्रमण भएको बताइएको छ । अर्का कार्यालय सचिव श्रीराम ढकाल र आइटी प्रमुख शिव खकुरेललाई मात्रै संक्रमण नभएको बताइएको छ ।

केन्द्रीय कार्यालयमा कार्यरत धेरैलाई कोरोना भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो निवासमा हुने भौतिक भेटघाटलाई आजदेखि बन्द गरेका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस