विद्युत् नियमन आयोगका पदाधिकारीहरू निलम्बन, छानबिन सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्युत् नियमन आयोगका पदाधिकारीहरू निलम्बन, छानबिन सुरु


२१ पुस २०७८, बुधबार


काठमाडौँ । विद्युत् नियमन आयोगका पदाधिकारीमाथि पदीय दायित्व पूरा नगरेको आरोपमा सरकारले छानबिन समिति बनाएको छ ।

आयोगका अध्यक्षसहितका तीन पदाधिकारीमाथि छानबिन गर्न मन्त्रिपरिषद्ले समिति बनाएसँगै उनीहरू स्वतः निलम्बनमा परेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्ष डिबी सिंह, सदस्य रामेश्वर प्रसाद कलवार र भागीरथी ज्ञवालीमाथि छानबिन सुरु भएको हो ।

आयोगका अध्यक्ष वा कुनै सदस्यमा कार्य क्षमताको अभाव वा खराब आचरण भएको वा दफा ६ बमोजिम अयोग्य भएको वा ऐन बमोजिम पदीय दायित्व पूरा नगरेको देखिएमा नेपाल सरकारले त्यस्तो विषयमा छानबिन गर्न एक छानबिन समिति गठन गर्ने व्यवस्था विद्युत् नियमन आयोगको दफा ९ मा उल्लेख छ ।

समितिले छानबिन गरी आफ्नो रायसहितको प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरेसँगै पदाधिकारीहरूलाई सफाइ पेस गर्न मनासिब मौका दिइनेछ भने समितिले अध्यक्ष वा सदस्यलाई पदबाट हटाउन सिफारिस गरेमा नेपाल सरकारले त्यस्तो अध्यक्ष वा सदस्यलाई पदबाट हटाउन सक्नेछ ।

छानबिन सुरु भएसँगै टुङ्गो नलागेसम्म अध्यक्ष वा सदस्यले आफ्नो पदको काम गर्न नपाउने व्यवस्था ऐनमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस