एमसिसी संसदमै लैजान दिनहुँदैन : सिपी गजुरेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमसिसी संसदमै लैजान दिनहुँदैन : सिपी गजुरेल


१८ पुस २०७८, आइतबार


काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताएका छन् ।

अध्यक्ष गजुरेलले एमसिसी पारित गर्न नहुने भन्दै काठमाडौँको माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा यस्तो बताएका हुन् ।

उनले सम्झौतामार्फत दिने भनिएको रकम एनसेलको कर उठाउँदा जम्मा हुने भन्दै रकमभन्दा पनि परिणाम घातक रहेको जिकिर गरे ।

गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्त्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसिसी पारित गर्न नहुने बताए ।

चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसिसी सम्झौताका लागि दबाब दिएकाले विरोध गर्नु परेको उनको तर्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस