राप्रपाद्वारा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राप्रपाद्वारा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग


१८ पुस २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन गरेका हुन् ।

राप्रपाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्र एकीकरणका नायकलाई कुनै पनि वादविवाद र सिद्धान्तभन्दा माथि राखेर उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वासमाथि चोट पुग्दैन तसर्थ, आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।’

साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न समेत राप्रपाले आग्रह गरेको छ । यसअघि २०७४ सालमा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले सार्वजनिक बिदा दिने भनी गरेको निर्णय उपयुक्त रहेको भए पनि निरन्तरता पाउन नसकेको भन्दै सार्वजनिक बिदा दिन आग्रह गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस