वीरगञ्जमा क्रिकेट प्रतियोगिता सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीरगञ्जमा क्रिकेट प्रतियोगिता सुरु


१८ पुस २०७८, आइतबार


वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजले आयोजनामा नेशनल इन्फोटके अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता २०७८ सुरु भएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ का अवसरमा वीरगञ्जको नारायणी रङ्गशालामा प्रतियोगिताको सुरु भएको हो ।

क्यान पर्साको समन्वय, कृष्ण फाउण्डेशन, स्पर्श मल्टिस्पेसियालिटी हस्पिटल, वीरगञ्ज महानगरपालिका, यात्रा डेली गायतका सहयोगमा आयोजित प्रतियोगितामा यस क्षेत्रका १० कलेज सहभागी छन् ।

विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै आइरहेको नेशनल इन्फोटेक कलेजले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको हुँदा क्रिकेट प्रतियोगिताको आयोजना गरेको आयोजक नेशनल इन्फोटेक कलेजले जनाएको छ ।

प्रतियोगितामा आयोजक नेशनल इन्फोटेक, वीरगञ्ज पब्लिक, ग्लोबल बिजनेस , इम्पेरियल, सत्यम पब्लिक , नेशनल ,वीरगञ्ज कलेज, नेशनल, ज्ञादा एकेडेमी र त्रिजुद्ध विद्यालयको सहभागिता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस