राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छः प्रधानमन्त्री देउवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छः प्रधानमन्त्री देउवा


१७ पुस २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ । अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थापन छ । सभामुख र उपसभामुख मध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौँ ।’

यस्तै काँग्रेसले संविधानको व्यवस्था अनुसार महिला प्रतिनिधित्व सुनिश्चित गरेको देउवाले बताए । ‘हाम्रो पार्टीमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ’ उनले भने, ‘नेपालमा काङ्ग्रेसजस्तो समावेशी पार्टी अरु कुनै छैन ।’

प्रधानमन्त्री देउवाले पार्टीभित्र र सदनमा नेता संग्रौलालाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै प्रशंसा गरेका थिए । प्रधानमन्त्री देउवाले महिलाको हक हितका लागि नेतृ संग्रौलाले भूमिको भन्दै प्रशंसा गरे ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच विमोचन भएको पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरुमा प्रकाशित लेखहरू संलग्नहरु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस