लुम्बिनी प्रदेश सरकारद्वारा करारमा ४३६ कर्मचारी माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

लुम्बिनी प्रदेश सरकारद्वारा करारमा ४३६ कर्मचारी माग


१६ पुस २०७८, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठुलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ ।

मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्रविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस