अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुने


१५ पुस २०७८, बिहिबार


मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ ।

उनीहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको क्रेमलिनले जनाएको छ । क्रेमलिनले बुधबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उनीहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सो कुराको जानकारी दिएका छन्। तर पनि उनले सो वार्तामा के कस्ता विषयमा कुराकानी हुने हो भन्ने बारेमा भने केही बताएका छैनन् ।

दुई देशका राष्ट्रपतिका बीचमा यही डिसेम्बर ७ मा पनि भिडियोमार्फत कुराकानी भएको थियो । त्यस समयमा भने उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र त्यहाँ रुसको उपस्थितिका विषयमा कुराकानी भएको बताइएको थियो ।

त्यस समयमा नेटोका विषयमा पनि कुराकानी भएको थियो । सो वार्तापछि रुसी राष्ट्रपति पुटिनले नेटो सुरक्षासम्बन्धी एक सम्झौता पत्र नै पठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस