कर्णाली प्रदेशका तीन मन्त्रालयमा मुख्यमन्त्री शाहीको छड्के निरीक्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णाली प्रदेशका तीन मन्त्रालयमा मुख्यमन्त्री शाहीको छड्के निरीक्षण


१४ पुस २०७८, बुधबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (बुधबार) तीन वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको छड्के अनुगमन गरेका हुन् ।

तीन वटै मन्त्रालयमा अधिकांश कर्मचारीहरु अनुपस्थित थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारी चिसोको बहाना बनाएर मन्त्रालयमा ढिलो उपस्थित भएको, केही जानकारी नै नगराएर मन्त्रालयमा नआएको पाइएको जनाएको छ ।

मुख्यमन्त्री शाहीले समयको व्यवस्थापनमा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीले भने , ‘समय पैसा हो, समय जीवन हो । बहाना बनाएर समय टार्ने छुट कसैलाई छैन ।’

मुख्यमन्त्री शाहीले मातहतका मन्त्रालय, महाशाखा, जिल्ला कार्यालय, विकास योजना, सार्वजनिक सरोकारका क्षेत्रको नियमित छड्के अनुगमन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस