२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम पाटन दरबार स्क्वायरमा हुने

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालमा आज भएको भूकम्प सुरक्षा दिवस, २०७८ मूल समारोह समितिको बैठकले भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम पाटनमा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा सो समारोहमा प्रमुख अतिथि रहनेछन् ।

विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने सन्दर्भमा जनचेतना दिलाउन स्वास्थ्य मापदण्डको पालना गर्दै मुलुकभर यही पुस २६ देखि आगामी माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प दिवस भव्यताका साथ मनाउन लागिएको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

भूकम्प सुरक्षा दिवसको नारासहितका पोस्टर मुलुकभरका निजी, सामुदायिक तथा सरकारी विद्यालयमा पठाई विभिन्न शैक्षिक एवं चेतनामूलक कार्यक्रम गरिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रदेश स्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमसहित दिवस मनाउन सबै प्रदेश सरकारलाई पत्राचार गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकले जिल्ला प्रशासन कार्यालयलाई भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम आयोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट परिपत्र गर्ने निर्णय गरेको छ । यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस