म्याग्दीको एक विद्यालयलाई आर्थिक सहयोग « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

म्याग्दीको एक विद्यालयलाई आर्थिक सहयोग


१४ पुस २०७८, बुधबार


बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु एक लाख सहयोग गरेका छन् ।

हाल अमेरिकामा बस्दै आएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा विद्यालयलाई सो रकम सहयोग गरेका हुन् । सो रकम उनले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरे ।

छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको शैक्षिक प्रगतिका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए ।

दुर्गम गाउँको उक्त विद्यालयले स्थानीय श्रोत साधन जुटाएर बिना दरबन्दी मावि तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस