सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन


१३ पुस २०७८, मंगलबार


मोगादिसु । सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले सोमबार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताएका छन्।

फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्‍याउन समेत विफल भएको आरोप लगाएका छन्।

उनका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो ।

यो सँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री रहनेछन् र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उनलाई निलम्बनमा राखिनेछ ।

फर्माजोले सबै सरकारी अधिकारीहरूलाई सार्वजनिक जग्गा दुरुपयोग नगर्न र देशको कानुन र नियमहरूको पालना गर्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस