२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्त हलियाका घर निर्माण गर्न बजेटको व्यवस्था

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले मुक्त हलियाका घर निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि बजेटको व्यवस्था गरेको हो ।

घरबासको व्यवस्था नभएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्न नगरपालिकाको कोषबाट रकम खर्च गर्ने निर्णय गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए ।

‘पुनः स्थापना हुनबाट छुटेका ‘क’ वर्गको परिचय पत्र पाएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्नका लागि आवश्यक बजेटको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘जग्गा खरिदको कार्य गत वर्ष नै गरेका हौँ । विविध कारणले गत वर्ष घर निर्माणका लागि बजेटको व्यवस्था गर्न सकेका थिएनौँ । अहिले त्यो कार्यलाई पुरा गरेका छौँ ।’ मुक्त हलिया पुनः स्थापनका लागि नगरपालिकाको वडा नं १ वन्साहमा जग्गा खरिद गरिएको छ ।

पुनः स्थापनका लागि छनौटमा परेका २७ मध्ये २५ परिवारलाई घर निर्माणका लागि रु दुई लाखका दरले शून्य मौज्दातमा बैङ्कमा खाता खोलेर रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मुक्त हलिया परिवारलाई सात धुरका दरले घरवासका लागि जग्गा उपलब्ध गराइएको छ । मुक्त हलियाका लागि दुई कोठा, एक बरन्डा र शौचालय सहितको घर निर्माण हुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले बताए ।

उनका अनुसार शौचालय निर्माणका लागि प्रति घरधुरीलाई रु एक लाख ५० हजारका दरले हेविटाट नेपाल नामक संस्थाले सहयोग उपलब्ध गराउने सहमति भएको छ ।

सोही संस्थाले घर निर्माणका लागि प्राविधिक सहयोगसमेत गर्नेछ । घर निर्माणका लागि नक्साङ्कनको कार्य भैसकेको छ । केही दिन भित्रै घर निर्माणको कार्य थालिनेछ ।

नगरपालिकाका लगतमा समावेश भई परिचय पत्र पाएका ४५८ मुक्त हलिया परिवार पुनः स्थापन भैसकेका छन् । पुनः स्थापना हुनबाट छुटेका लगतमा समावेश हुन नसकेका मुक्त हलिया परिवारको सङ्ख्या भने ३५२ छ ।