भीमफेदीको खहरे खोलामा झोलुङ्गे पुल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भीमफेदीको खहरे खोलामा झोलुङ्गे पुल


१२ पुस २०७८, सोमबार


बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित खहरे खोलामा झोलुङ्गे निर्माण हुने भएको छ ।

५१ लाखको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गरे ।

सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने सो पुलबाट भीमफेदीको दमार तथा सोलभ्ज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुने जनाइएको छ ।

एक सय १४ मिटर लम्बाइको पुल छ महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस