श्रम मन्त्रीको सल्लाहकारमा केशव बस्याल नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रम मन्त्रीको सल्लाहकारमा केशव बस्याल नियुक्त


१२ पुस २०७८, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकारमा आप्रवासन मामलाका जानकार केशव बस्याल नियुक्त भएका छन् ।

भारतमा रहेका नेपाली आप्रवासी तथा सरोकारको विषयमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका बस्याल वैदेशिक रोजगारीका मुद्दाहरुमा निरन्तर आवाज उठाउने अभियन्ता हुन् ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागसम्बद्ध बस्याल सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स नामक निजी संस्थामा अनुसन्धान निर्देशकसमेत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस