दोलखामा चार हजार नयाँ मतदाता नामावली सङ्कलन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दोलखामा चार हजार नयाँ मतदाता नामावली सङ्कलन


११ पुस २०७८, आइतबार


चरिकोट । आगामी निर्वाचनका लागि दोलखा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा करिब चार हजार मतदाता थपिएका छन् ।

कार्यालयले जिल्लाको नौ ओटै स्थानीय तहमा सञ्चालन गरेको नामावली सङ्कलन अभियानमा तीन हजार ९१९मतदाता थप भएको हो ।

जिल्लाको नौ ओटै स्थानीय तहमा गत मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म दुई चरणमा गरिएको नामावली सङ्कलनमा दुई हजार ८८ पुरुष र एक हजार ८३१ महिला थपिएको कार्यालयका निमित्त प्रमुख विशाल केसीले बताए । स्थानीय तहमध्ये बिगु गाउँपालिकामा सबैभन्दा बढी ९८९र कालिन्चोकमा सबैभन्दा कम १३९ जना थपिएका थिए ।

जिल्लामा २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा महिला ७५ हजार ३८४ र पुरुष ७५ हजार ८११ जना गरी एक लाख ५१ हजार १९५ मतदाता थिए ।

त्यसपछि अभियान सङ्कलन सुरु गर्दासम्म एक लाख ५७ हजार १४१ जना पुगेका छन् भने चार हजार १५९ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउन छुट भएका नागरिकको हकमा निर्वाचन आयोगबाट निर्देशन जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई दर्ता गराउन सकिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस