एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : अध्यक्ष ओली « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : अध्यक्ष ओली


१० पुस २०७८, शनिबार


विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गरे । उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस