आगामी निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म काँग्रेस नै ठूलो पार्टी बन्छ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आगामी निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म काँग्रेस नै ठूलो पार्टी बन्छ : प्रधानमन्त्री देउवा


१० पुस २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफूलाई भोट नदिनेहरुको भावना पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।

केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले आफूलाई विश्वास गरेर निर्वाचित गराउनेलाई धन्यवाद दिँदै भोट नदिनेहरुको पनि प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउने बताएका हुन् ।

उनले भने, ‘अब सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउछु । मलाई भोट दिनेहरुको मात्र नभएर, भोट नदिनेहरुको पनि भावनालाई समेटेर पार्टी सभापति भएर काम गर्छु । यसमा सबैको सहयोग हुन्छ भन्ने विश्वास छ ।’

देउवाले काँग्रेसमा वडातहदेखि केन्द्रसम्म लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताउँदै यस्तो लोकतान्त्रिक अभ्यास नेपालका अरु दलमा नभएको बताए । ‘उनले भने, यस्तो अभ्यास नेपालका कुनै पनि दलमा छैन, यसकारण काँग्रेस सच्चा डेमोक्रेटिक (लोकतान्त्रिक) पार्टी हो ।’

देउवाले काँग्रेसमा जस्तो समावेशी प्रतिनिधित्व पनि अरु पार्टीमा नभएको बताए । आगामी निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म काँग्रेस नै ठूलो पार्टी बन्ने सभापति देउवाले दावी समेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस