मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो


१० पुस २०७८, शनिबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

मलेसिया । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको सङ्ख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् ।

यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् । ४१ जनाको मृत्युमध्ये २५ जना सेलाङ्गोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेको प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीले जानकारी दिए ।

मलेसियाको मौसम विभागले शनिवार पहाङ, तेरेङ्गानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

मलेसियामा वर्षा याममा बाढी आउनु सामान्य कुरा हो तर डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसल धारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस