क्यानका असन्तुष्ट पदाधिकारीद्वारा खेलाडीमाथिको कारबाही फिर्ता लिन माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्यानका असन्तुष्ट पदाधिकारीद्वारा खेलाडीमाथिको कारबाही फिर्ता लिन माग


७ पुस २०७८, बुधबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घका असन्तुष्ट पदाधिकारीहरूले ४ खेलाडीमाथिको कारबाही फिर्ता हुनुपर्ने माग राखेका छन् ।

खेलाडीहरूमाथि गरिएको कारबाही नियोजित र विधि-पद्दति विपरीत रहेको उनीहरूको आरोप छ ।

क्यानले गरेको निर्णयमा नोट अफ डिसेन्ट लेखेका ६ जना बोर्ड सदस्यहरूले आज पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । हचुवाको भरमा गरिएको कारबाहीले आउँदा दिनमा नेपाली क्रिकेटको साख खस्किने उनीहरूले बताए ।

पत्रकार सम्मेलनमा वाचन गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कार्यसमितिको बैठकमा एजेन्डा वितरण नगरी आफूखुसी प्रस्तावहरू ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकूलतामा लेख्ने तथा कतिपय निर्णयहरू छलफल नै नगरी लेख्ने तथा हामी सदस्यहरूले समेत त्यस्ता निर्णयहरू प्रेस विज्ञप्तिमार्फत थाहा पाउनुपर्ने अवस्था बनेको छ ।’

कार्यसमितिको बैठक भएकै दिन निर्णयहरू नलेख्ने तथा एउटा बैठकको निर्णय अर्को बैठकमा समेत जानकारी नगराउँदा असहमति हुँदा हुँदै पनि आफ्ना धारणा राख्ने अवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘तर, क्रिकेट सङ्घ जसरी चलेको छ, यसले विधि र पद्धतिबाट चलेको छ कि नेतृत्वकर्ताको स्वेच्छाचारितामा भन्ने प्रश्न गम्भीररूपमा उठ्दै आएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

क्यानका सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाले विज्ञप्तिमा जारी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस