रक्षामन्त्री रिजालले बुझाए राजीनामा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रक्षामन्त्री रिजालले बुझाए राजीनामा


१ पुस २०७८, बिहिबार


काठमाडौँ । रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

रिजालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

यसअघि नेपाली काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका थिए ।

सम्बन्धित समाचार : रक्षामन्त्रीबाट राजीनामा दिने रिजालको घोषणा

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस