जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा २ जनाको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा २ जनाको मृत्यु


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ ।

आक्रमणमा १२ जना घाइते भएका छन् । ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिक सोमबार साँझ आक्रमण भएको हो ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए । सो बसमा नवौ बटालियनका प्रहरी जवानहरु सवार थिए ।

कश्मीर प्रहरीले यसलाई आतंकवादी आक्रमण भनेको छ । आक्रमणकारी भने अँध्यारोको फाइदा उठाएर भागेको प्रहरीको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस