खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने « प्रशासन
Logo ३ माघ २०७८, सोमबार
   

खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने


२३ मंसिर २०७८, बिहिबार


नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगन्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

गत वर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरिद गरेकामा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरिद गर्न लागेको छ ।

कम्पनीले गत वर्षभन्दा यस वर्ष ढिला गरी धान खरिद सुरु गर्न लागेको हो । सरकारले भदौ महिनामै धानको समर्थन मूल्य तोके पनि दसैँपछिको बेमौसमी वर्षाका कारण खरिद प्रक्रिया ढिला गरी सुरु भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाइ छ ।

बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ ।

कम्पनीले धान बिक्रीका लागि ल्याउने किसानमा सूचना जारी गर्दै भिजेका र मक्किएका धान नल्याउन आग्रह गरेको छ । आवश्यक मापदण्ड निर्धारण गरी किसानका धान खरिद गर्न लागिएको शाखा प्रमुख विष्टले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस