जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते


१७ मंसिर २०७८, शुक्रबार


जाजरकोट । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटना श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् ।

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ ।

उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस