२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र खटाइने छन् -सचिव अधिकारी

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नवनियुक्त सचिव सुरेश कुमार अधिकारीले स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र खटाउने बताएका छन् ।

मन्त्रालयले बिहीबार आयोजना गरेको पद बहाली तथा स्वागत कार्यक्रममा बोल्दै सचिव अधिकारीले सो कुरा उल्लेख गरेका हुन् । सो क्रममा उनले रिक्त दरबन्दी भएको ठाउँमा अनिवार्यरुपमा प्रमुख पठाउन प्रशासन महाशाखालाई निर्देशन नै दिएका छन् ।

महालेखाको प्रतिवेदनले स्थानीय तह लाईसमेत समेट्दै सबैभन्दा धेरै भ्रष्टाचार सम्बन्धी उजुरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत भएको औँल्याएको अवस्थामा त्यसलाई नियन्त्रण गर्न पनि प्रमुख प्रशासकीय अधिकृत खटाउनु पर्नेमा सचिव अधिकारीले जोड दिए ।

प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउने सन्दर्भमा मन्त्रालयले केन्द्रीय निकायको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले मानव संसाधन विकास र व्यवस्थापनमा मन्त्रालयको अग्रणी भूमिका रहने औँल्याए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले अघि सारेको मन्त्रालयको पुन संरचनालाई सार्थकता दिन प्रशासनिक नेतृत्वको पूर्ण साथ रहनेसमेत उनले प्रस्ट्याए ।

सचिव अधिकारीले कर्मचारीको मनोबल उच्च गराउनका लागि पनि सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र ल्याउन जरुरी रहेको र त्यसमा आफ्नो पहल कदमी रहनेसमेत बताएका छन् ।

विगतका दिनहरूमा मन्त्रालयबाट भएका नीतिगत सुधारका कार्यहरूलाई निरन्तरता र पूर्णता दिनुपर्नेमा पनि सचिव अधिकारीले जोड दिएका छन् ।

तत्कालीन सचिव एक नारायण अर्यालको श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयमा सरुवा भएसँगै निर्वाचन आयोगबाट मन्त्रालयमा सरुवा अधिकारीले आजै पद बहाली गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस