दैनिक २ लाख जनालाई खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई सरकारको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दैनिक २ लाख जनालाई खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई सरकारको निर्देशन


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सरकारले अब दैनिक २ लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने प्रतिबद्धता भए अनुरुप प्रतिदिन न्यूनत्तम २ लाख जनालाई अनिवार्य रुपमा खोप लगाउने व्यवसथा मिलाउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कुल जनसंख्याको २८.२ प्रतिशतलाई पूर्ण खोप लगाएको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस