६ लाख नगदसहित कोटेश्वरबाट ५ जना जुवाडे पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

६ लाख नगदसहित कोटेश्वरबाट ५ जना जुवाडे पक्राउ


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ स्थित कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका जुवाडेहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी ईश्वर कार्की, काठमाडौँ–३२ पेप्सीकोला घर भएका नवराज थपलिया, काभ्रे घर भएका दीपक तामाङ र दीपक तिमल्सिना तथा रामेछापको खाँडादेवी घर भएका सागर केसी छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जुवा खालबाट ६ लाख ५८ हजार नगद र २० बुक तास बरामद गरेको छ

Tags :
प्रतिक्रिया दिनुहोस