सिन्धुलीको एक गोदाममा भीषण आगलागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुलीको एक गोदाममा भीषण आगलागी


१४ मंसिर २०७८, मंगलबार


आगलागी

काठमाडौँ । सिन्धुलीको एक गोदाममा भीषण आगलागी भएको छ ।

आज (मंगलबार) बिहान १० बजेदेखि कमलामाई नगरपालिका–६ रातमाटास्थित गोदाममा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।

आगलागी कसरी सुरु भएको हो भन्ने खुलिनसकेको लामाले बताए । अहिले दुईवटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

त्यहाँ रक्सी, हार्डवेयर, औषधिलगायत सामानको गोदाम हो। अहिले नियन्त्रणमा लिने प्रयास गर्दैछौँ, उनले भने। कसको गोदाममा आगलागी भएको हो भन्ने अहिले खुलिनसकेको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणको लागि स्थानीय, प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस