भट्टराई, वस्ती र सञ्जेललाई ‘सदाचार स्तम्भदीप सम्मान’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भट्टराई, वस्ती र सञ्जेललाई ‘सदाचार स्तम्भदीप सम्मान’


१० मंसिर २०७८, शुक्रबार


काठमाडौँ । भ्रष्टाचार विरोधी अभियानमा सक्रिय तीन व्यक्तित्वलाई ‘सदाचार स्तम्भदीप सम्मान, २०७८’बाट सम्मान गरिएको छ । भ्रष्टाचार विरोधी अभियानकर्मी भरत जङ्गमको ७५ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीति क्षेत्रबाट हरिबोल भट्टराई, न्यायिक क्षेत्रबाट प्रकाश वस्ती र प्रशासन क्षेत्रबाट प्रेमप्रसाद सञ्जेललाई सम्मान प्रदान गरे।

कार्यक्रममा उपराष्ट्रपति पुनले ‘भरत’ र ‘भरतांशु’ महाकाव्य तथा ‘भ्रष्टविरोधी शास्त्रका प्रवर्तक नवीन दर्शनका दार्शनिकः कालजी व्यक्तित्व भरत जङ्गम’ अभिनन्दन ग्रन्थको सार्वजनिकीकरण गरेका थिए ।

कार्यक्रममा धर्म–संस्कृति, भाषा–साहित्य, आमसञ्चार–पत्रकारिता, इतिहास–पुरातत्व र ऐन कानूनलगायत विभिन्न माध्यमलाई उपयोग गरी भ्रष्टाचारका विरुद्धमा जीवनको आधा शताब्दी व्यतीत गर्नुभएका जङ्गमलाई विभिन्न सङ्घसंस्थाले अभिनन्दन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस