नेपाली महिला टोलीले आज मलेसियाविरुद्ध खेल्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली महिला टोलीले आज मलेसियाविरुद्ध खेल्ने


१० मंसिर २०७८, शुक्रबार


काठमाडौँ । आइसिसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध खेल्दै छ ।

खेल बिहान ११ : १५ बजे युएईको आइसिसी एकेडेमी ग्राउन्डमा हुनेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

यस्तै नेपालले हिजो कुवेतलाई ९ विकेटले हराउँदै विश्व कपको ग्लोबल छनोट पुग्ने सम्भावना जीवितै राखेको छ । मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस