स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले दिइन् केही घण्टाभित्रै राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले दिइन् केही घण्टाभित्रै राजीनामा


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् ।

उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् ।

सोसल डेमोक्रेटिक पार्टीकी नेतृ समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि एन्डर्सनको राजीनामा आएको हो । उनको राजीनामासँगै स्विडेनमा राजनीतिक अन्यौल भएको छ ।

तर उनले सभामुखलाई एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्रीमा नियुक्त हुने अपेक्षा गरेको पनि बताइन् ।

सम्बन्धित समाचार:अन्डेर्सन स्विडेनको पहिलो महिला प्रधानमन्त्री निर्वाचित

Tags :
प्रतिक्रिया दिनुहोस