अन्डेर्सन स्विडेनको पहिलो महिला प्रधानमन्त्री निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अन्डेर्सन स्विडेनको पहिलो महिला प्रधानमन्त्री निर्वाचित


९ मंसिर २०७८, बिहिबार


स्टकहोम । स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। स्विडेनको संसद्ले प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै माग्डालेना अन्डेर्सन स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।

निवर्तमान अर्थमन्त्री समेत रहेकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुन् ।

संसद्का कुल १७४ मतदाताले वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेकोमा उनको भन्दा धेरै मत विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएको हुन् । नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए ।

मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस