आजका लागि प्रधानन्यायाधीश जबराले ताेके नौवटा इजलास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजका लागि प्रधानन्यायाधीश जबराले ताेके नौवटा इजलास


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतमा आजका लागि नौवटा इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीबारका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास तोकेका हुन् ।

नौ इजलासमा २८४ वटा मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु दीपककुमार कार्की, हरिप्रसाद फुँयाल र नहकुल सुवेदी तथा डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानका लागि पूर्ण इजलास तोकेका हुन् ।

यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशकुमार ढुंगाना, हरिकृष्ण कार्की र कुमार चुडाल, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, अनिलकुमार सिन्हा र कुमार रेग्मी तथा प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठका लागि संयुक्त इजलास तोकिएको छ ।

साथै, डा. मनोजकुमार शर्मा र तेजबहादुर केसीका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस