नुवाकोटमा टाटा सुमोले ठक्कर दिँदा पैदल यात्री बालिकाको मृत्यु, ६ जना घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नुवाकोटमा टाटा सुमोले ठक्कर दिँदा पैदल यात्री बालिकाको मृत्यु, ६ जना घाइते


९ मंसिर २०७८, बिहिबार


नुवाकोट । टाटासुमोले ठक्कर दिँदा घाइते भएकी पैदल यात्री बालिकाको मृत्यु भएको छ। पासाङल्हामु मार्गको विदुर–धुन्चे सडक खण्डको ठाडेमा टाटासुमोले ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ।

ना १ ज ६१७६ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। बालिकासहित उनकी ३० फुपू वर्षीया ऊर्जा घले र दाजु ८ वर्षीया करण घले घाइते भएका छन्।

पैदल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको टाटासुमो सडकबाट ५० मिटर तल भीरमा खसेर दुर्घटनामा परेको थियो। टाटासुमोमा सवार चालकसहित चार जना पनि घाइते भएका छन्। प्रहरीका अनुसार टाटासुमो चालक रसुवाकै आमाछोदिङ्मो गाउँपालिकाका छिरिङदोर्जे तामाङ, गाडिमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र गाडी मालिक घाइते भएका छन्।

गाडी मालिकको नाम खुलेको छैन। घाइते ऊर्जा घले, करण घले, टाटासुमो चालक छिरिङदोर्जे तामाङ र गाडी मालिकलाई उपचारका लागि नुवाकोट लगिएको रसुवा प्रहरीले जनाएको छ। टाटासुमोमा सवार यात्रु रमेश लोप्चन र याङसेन घलेलाई उपचारका लागि सदरमुकाम धुन्चे लगिएको प्रहरी बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस