प्रधानन्यायाधीशलाई एक दिन पनि पदमा बस्ने अधिकार छैन : मोहना अन्सारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीशलाई एक दिन पनि पदमा बस्ने अधिकार छैन : मोहना अन्सारी


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । मानव अधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई एक दिन पनि पदमा बस्ने अधिकार नभएको बताएकी छिन् ।

आज (मंगलबार) प्रधानन्यायाधीश जबराविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाल बार एसोसिएसनको सर्वोच्च अदालतमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अन्सारीले भ्रष्टाचारको आरोप लाग्दा पनि पदमा बसिरहनु विडम्बना भएको बताइन् ।

अन्सारीले भनिन्, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कान खोलेर यो सुन्नुहोस् तपाईँकोमा अहिले कोही पनि न्याय माग्न आउने वाला छैनन् ।

त्यस्तै भ्रष्टाचारको आरोप लागेका प्रधानन्यायाधीश जबराबारे विधायिका चुप लागेर बसेको पनि उनको आरोप छ । प्रधानन्यायाधीशले अहिले आफूहरूलाई अपमानित गर्न खोजेको पनि अन्सारीको आरोप छ ।

प्रधानन्यायाधीश जबरालाई हटाउने जिम्मा सम्पूर्ण कानुन व्यवसायीको भएको उल्लेख गर्दै अन्सारीले भारतीय ऊर्दू कवि कैफी आजमीको चर्चित शायरी वाचन गरेकी थिइन्, कोई तो सूद चुकाए कोई तो जिम्मा ले, उस इन्कलाबका जो आज तक उधार सा है ।

Tags :
प्रतिक्रिया दिनुहोस