अख्तियारद्वारा दुई लाख घुस लिएको आरोपमा सव-इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अख्तियारद्वारा दुई लाख घुस लिएको आरोपमा सव-इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धराका सव- इन्जिनियर दीपेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले इन्जिनियर केसीविरुद्ध २ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज (सोमबार) मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

कलभर्ट निर्माण कार्यको ठेक्काको बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले केसीलाई असोज १९ गते नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा भुक्तानीको लागि सहजीकरण गर्ने भन्दै केसीले घुस लिएको प्रमाणित भएको अख्तियारको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस