आज पनि प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज पनि प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ ।

तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् ।

न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो ।

कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस