प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गरायाे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गरायाे


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आज राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउँदैछ ।

प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलका नेताहरूको ध्यानाकर्षण गराउन लागेको हो ।

प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलका नेताहरू मौन बसेको भन्दै नेपाल बार असन्तुष्ट रहेको छ ।

सर्वोच्च अदालतमा जारी धर्ना र विरोध कार्यक्रम १२ बजेभित्र सकेर दलका नेताहरूको ध्यानाकर्षण गराउने नेपाल बारको योजना रहेको छ । नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले सिंहदरबारभित्रको दलकै कार्यालयमा नेताहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने योजना रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस