टर्की गए प्रहरी महानिरीक्षक शैलेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टर्की गए प्रहरी महानिरीक्षक शैलेश


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार टर्की प्रस्थान गरेका छन् ।

उनको अनुपस्थितिमा तेस्रो वरियताका एआईजी निरजबहादुर शाहीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीको अनुपस्थितिमा शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्षेत्रीपछि दोस्रो वरियताका एआईजी हरिबहादुर पाल थिए । तर तेस्रो वरियताका शाहीलाई निमित्तको जिम्मा दिइएपछि असन्तुष्ट पाल विदामा बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस