सप्तरीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


५ मंसिर २०७८, आइतबार


राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स६प ५०६० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस