२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणाली वडास्तरसम्म पुग्यो : गृहमन्त्री खाँण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विविध कठिनाइका बीच घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडास्तरसम्म विस्तार गरिएको जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा भएको घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री खाँणले सरकारले सन् २०२४ सम्म घटना दर्तालाई शतप्रतिशत पुर्‍याउने अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गरिरहेको स्पष्ट पारे ।

सम्मेलनामन गृहमन्त्री खाँणले घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी प्रणाली सुदृढीकरण गर्ने सन्दर्भमा देखिएका चुनौती समाधान गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

एशिया तथा प्यासिफिक क्षेत्रका दुई दर्जनभन्दा बढी सदस्य राष्ट्रको सहभागितामा आयोजित सम्मेलनमा नेपालको नेतृत्व गर्दै गृहमन्त्री खाँणले सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन कार्यलाई महत्वपूर्ण योगदान गर्ने बताए ।

सबै नेपालीको समयमा नै जनसाङ्ख्यिक विवरण अध्यावधिक गर्न र राष्ट्रिय परिचय कायम गर्न घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन प्रणाली आधारका रूपमा रहने बताउँदै उनले यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए । सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समीक्षा गर्न सम्मेलन आयोजना भएको हो ।