राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा आज आयोजित नवप्रवेश नापी अधिकृतका लागि आयोजित तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशलाई राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरेका हुन् । ‘भूमि र नापी जनताको जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको र जनतालाई स्वामित्व दिने विषय भएकाले नापीसँग सम्बन्धित कर्मचारी अझै जिम्मेवार बन्नुपर्छ’, मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले निजामती विधेयक छिटो ल्याएर निजामती प्रशासनमा देखिएका विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेश ३९ जना नापी अधिकृतलाई तालिमको प्रमाणपत्र वितरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस