प्रदेश २ का मन्त्री राय बर्खास्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश २ का मन्त्री राय बर्खास्त


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायलाई बर्खास्त गरेका छन् ।

मन्त्री रायलाई नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन बर्खास्त गरिएको हो ।

यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर उनलाई राजीनामा गर्न आग्रह गरेका थिए। तर मन्त्री रायले मानेका थिएनन् । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भएको छ ।

एकीकृत समाजवादीलाई २ मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस