मुख्यमन्त्री राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै


३० कार्तिक २०७८, मंगलबार


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
आज प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको पाँचौँ बैठक बस्दै छ ।

सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सांसद छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस