हुम्लामा तलब नपाएपछि कर्मचारीद्वारा गाउँपालिकामा तालाबन्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हुम्लामा तलब नपाएपछि कर्मचारीद्वारा गाउँपालिकामा तालाबन्दी


३० कार्तिक २०७८, मंगलबार


सिमिकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्के गार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् ।

गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताए ।

सर्के गाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालले बताए ।

जिल्लाका अधिकांश गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी बाल विकासका सहजकर्ता र विद्यालयका कर्मचारीलाई तलबको व्यवस्था गरेको अवस्थामा सर्केगार्डले उक्त व्यवस्था नगरेकाले दबाब दिन कठोर कदम चाल्नुपरेको यस्तै दुधकण्ड प्रावि रोड कोटका बाल विकासका सहजकर्ता हाँसबहादुर छत्यालले बताए ।

सर्के गार्ड गाउँपालिकामा ३२ वटा विद्यालय छन् । यसमा चार वटा मावि र २८ वटा प्राथमिक तथा आधारभूत विद्यालय छन् । आधारभूत र प्राथमिक सबै विद्यालयमा बाल विकासका कक्षा सञ्चालन हुँदै आएका छन् । बत्तीस जना विद्यालय कर्मचारी र बाल विकासका गरी ६० जनाले आन्दोलित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस