राजविराजमा दुर्घटनामा परि वृद्धाको मृत्यु, चार जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजविराजमा दुर्घटनामा परि वृद्धाको मृत्यु, चार जना घाइते


३० कार्तिक २०७८, मंगलबार


राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सडक नगरपालिकामा आज ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नंको ट्र्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको थियो । गम्भीर घाइते पासवनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्र्याक्टरको ठक्करबाट सडक नगरपालिका–९ लालपट्टिका ४५ वर्षीय श्याम ठाकुर, ३५ वर्षीय किसुनलाल ठाकुर, राजविराज नगरपालिका–९ मलेठका ३५ वर्षीय रवीन्द्र ठाकुर र सडक नगरपालिका–६ चकवाका २३ वर्षीय अर्जुन चौधरी घाइते भएका छन् ।

घाइतेको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस