गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट, करोडौँको क्षति [भिडियोसहित] « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट, करोडौँको क्षति [भिडियोसहित]


३० कार्तिक २०७८, मंगलबार


मुगु । मुगुको सदरमुकाम गमगढीमा भिषणा आगलागी भएको छ । सोमबार रातिदेखि लागेको आगो मङ्गलवार बिहान सम्म नियन्त्रणमा आएको छैन । 

एक जना लामाले बालेको दियोबाट सल्केको आगलागीले २१ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने मानवीय क्षतिबारे जानकारी नआएको अधिकारीहरूले जनाएका छन् । 

आगलागीको खबर पाउने बित्तिकै नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरिएकोमा ४ बजे मात्रै नियन्त्रणमा आएपछि अझै आगो बलिरहेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले प्रशासनलाई जानकारी गराए । लस्करै जोडिएको घरहरू रहेकोले सेना, प्रहरी, सशस्त्र लगायत सबै जनशक्ति परिचालन गर्दा पनि नियन्त्रण गर्नै कठिन भयो प्रजिअ महतले भने, ४ बजे नियन्त्रणमा त लियौँ तर ग्याँसहरू पड्किने देखि आगो अझै बलिरहेको छ 

राती साढे १२ बजे मात्रै आफूलाई जानकारी भएको पनि उनको भनाई छ । 

आगलागीबाट मानवीय क्षतिबारे जानकारी नआई सकेको भएपछि करोडौँको धनजन क्षति भएको हुनसक्ने अधिकारीहरूको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस